काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई पोजिटिभ रिपोर्ट आई होमआइसोलेसनमा बसेका संक्रमितसँग टेली-परामर्श गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेन्ड कमाण्ड सिस्टमको निर्णय अनुसार कोरोना पोजिटिभ आई होम आइसोलेनमा बसेका संक्रमितसँग टेलिकम्युनिकेसन, टेलिकल्सल्टेसन र टेलिकाउन्सिलिङ गर्नुपर्ने बताए।
अस्पताल बाहेक प्रयोगशालाहरुले कुनै सरकारी वा निजी अस्पतालहरुसँग समन्वय गरी होम आइसोलेनमा बसेका संक्रमितसँग टेलिकम्युनिकेसन, टेलिकल्सल्टेसन र टेलि काउन्सिलिङ गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए।