काठमाडौं- नेपालभर हाल ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन्। जसमध्ये १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौं छ। काठमाडौंमा मात्र १६ हजार ३ सय ३१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
ललितपुरमा २ हजार २ सय ७६, मोरङमा १ हजार ९ सय २०, सुनसरीमा १ हजार ४ सय ६८, चितवनमा १ हजार ३ सय ९२, रुपन्देहीमा १ हजार २ सय ४५, कास्कीमा १ हजार २ सय ७९, भक्तपुरमा १ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्।
यस्तै, झापामा ९ सय २३, काभ्रेपलाञ्चोकमा ७ सय ६७, मकवानपुरमा ७ सय २८, नवलपरासी पूर्वमा ५ सय ७७ र दाङमा ६ सय ६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।