काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाख्रीबास- ३, धनकुटाका ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यही कात्तिक २० गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनलाई २२ गते अस्पताल भर्ना गरिएको थियो।
उनको आज दिउँसो १:५ मृत्यु भएको प्रतिष्ठानले जारी गरेको वक्तव्यमा उल्लेख छ।