काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
२४ घण्टामा २ हजार ८१२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार हजार ९२६ पुगेको छ। आज देशभर १२ संक्रमितको मृत्यु भएको छ।
आज देशभर ३ हजार ५१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार १०८ जनाको मृत्यु भइसकेको छ।