काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलभ १ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार १ सय ४९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ४ सय १९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – १७२९९
प्रदेश २– १७७२३
बाग्मती प्रदेशमा –८१४६३
गण्डकी प्रदेशमा –७१२८
लुम्बिनी प्रदेशमा –१७१०३
कर्णाली प्रदेशमा –७७२८
सुदूरपश्चिम प्रदेशमा १८३७७