काठमाडौं- नेपालको १२ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्। १२ वटा जिल्लामा गरी २८ हजार ९ सय ९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लाको सूचीमा मकवानपुर पनि थियो। हाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ८३ मात्र छ।
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौंमा मात्र १५ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
ललितपुरमा २ हजार २ सय ५, मोरङमा १ हजार ८ सय ६६, सुनसरीमा १ हजार ४ सय ३९, चितवनमा १ हजार ३ सय ४८, रुपन्देहीमा १ हजार १ सय ७०, कास्कीमा १ हजार ४ सय ३६, भक्तपुरमा १ हजार १ सय २९ जना सक्रिय संक्रमित छन्।
यस्तै, झापामा ९ सय २३, काभ्रेपलाञ्चोकमा ७ सय ५८, नवलपरासी पूर्वमा ५ सय ९७ र दाङमा ६ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।