काठमाडौं- नेपालमा ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपी सर्जरीको थालनी र विकासका लागि योगदान दिएका डा श्याम कर्माचार्यको निधन भएको छ। डा कर्माचार्यको यही कात्तिक २२ गते निधन भएको हो।
उनले ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपी सर्जरीको थालनी र विकासका लागि भारत लगायत देशबाट विशेषज्ञ ल्याएर तालिम सेमिनार गर्ने गर्थे।
डा कर्माचार्यले नेपाली डाक्टरहरुलाई विदेशमा तालिम लिन पठाउने, नेसोग लगायत प्रोफेसनल सोसाइटीको कन्फरेन्समा लाइभ डेमोस्ट्रेसन गराउने लगायत विभिन्न सहयोग गर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।