काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार भन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख २ हजार ३ सय २९ जना कोरोना संक्रमितमध्ये ५ हजार ३ सय ३४ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये २ हजार १ सय ८७ जना बालिका रहेका छन् भने ३ हजार १ सय ४७ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ६ सय ४८ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश १ मा ५१७, प्रदेश २ मा ४३७, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा ५६५,कर्णाली प्रदेशमा २१०, सुदूरपश्चिम प्रदेशमा ७२८ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, पाँचथर र मनाङ गरी ५ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा १ जना बालिका २ जना बालक
ओखलढुंगामा एक जना बालिका
खोटाङमा २ जना बालिका १ जना बालक
भोजपुरमा १ जना बालिका
धनकुटामा १ बालक
इलाम ६ बालिका १ बालक
झापामा १३ बालिका र २७ बालक
मोरङमा १२७ बालिका र १७७ बालक
सुनसरीमा ७२ बालिका र ८१ बालक
उदयपुरमा ३ बालिका १ बालक
सप्तरीमा १९ बालिका र ४७ बालक।
सिराहमा ४ बालिका र १६ बालक।
धनुषामा १८ बालिका र ४५ बालक।
महोत्तरीमा ९ बालिका ३२ बालक।
सर्लाहीमा २६ बालिका र ३३ बालक।
रौतहटमा २९ बालिका र ४४ बालक।
बारामा १९ बालिका र २४ बालक।
पर्सामा ३२ बालिका र ४० बालक
दोलखा १० बालिका र ७ बालक
सिन्धुपाल्चोकमा ५ बालिका र ४ बालक
रसुवा १ बालिका
धादिङमा ९ बालिका १२ बालक
नुवाकोटमा १० बालिका र १४ बालक
काठमाडौंमा ७४५ बालिका र १०६५ बालक
भक्तपुरमा ८६ बालिका र १३३ बालक।
ललितपुरमा ११९ बालिका र १७२ बालक।
काभ्रेपलान्चोकमा ३० बालिका र २८ बालक
रामेछाप ५ बालक
सिन्धुलीमा ४ बालिका र ३ बालक
मकवानपुरमा २६ बालिका र ४० बालक
चितवनमा ३२ बालिका र ८८ बालक
गोरखामा १६ बालिका र १२ बालक
मुस्ताङमा १ बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा ३० बालिका ३२ बालक
लम्जुङमा ६ बालिका र १० बालक
तनहुँमा १२ बालिका र १३ बालक
नवलपरासी पूर्वमा २२ र बालिका ४१ बालक।
स्याङ्जामा ४ बालिका र १४ बालक
पर्वतमा ३ जना बालक
बाग्लुङमा १ बालिका र ८ जना बालक
रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १५ बालिका र १३ बालक
गुल्मीमा १३ बालिका र १२ बालक
अर्घाखाँचीमा ११ बालिका र १५ बालक
पाल्पामा १६ बालिका र १४ बालक
नवलपरासी पश्चिममा १२ बालिका र १९ बालक
रुपन्देहीमा ८७ बालिका र १०६ बालक
कपिलवस्तुमा २३ बालिका र ३१ बालक
दाङमा २९ बालिका र २५ बालक
बाँकेमा ४१ बालिका र ४४ बालक
बर्दियामा १४ बालिका र २० बालक
डोल्पामा २ बालक
मुगुमा २ बालक
हुम्लामा १ बालक
जुम्लामा ३ बालिका र ३ बालक
कालिकोटमा ३ बालिका र १२ बालक
दैलेखमा १२ बालिका र ४७ बालक
जाजरकोटमा ३ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका र १५ बालक
सुर्खेतमा ४३ बालिका र ५२ बालक
बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३२ बालिका र ५५ बालक
दाचुला ५ बालिका ३ बालक
बैतडीमा १० बालिका र १२ बालक।
डडेल्धुरामा ७ बालिका र १६ बालक
डोटीमा ६४ बालिका र ८७ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ८१ बालिका र १२० बालक
कञ्चनपुरमा २६ बालिका र २७ बालक।