काठमाडौं- सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डिन प्राडा दिव्या सिंह शाहलाई मनोनयन गरेको छ।
मन्त्रिपरिषदले डा शाहलाई २ वर्षका लागि मनोनयन गरेको हो। यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई मनोनयन गरेको छ।
.JPG)