काठमाडौं- हाँस्य कलाकार मनाेज गजुरेल काेराेना संक्रमणमुक्त भएका छन्। संक्रमित भएर आइसियुमा पुगेका गजुरेल ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।
उनले आफ्नाे सबै रिपोर्ट नेगेटिभ आएकाे उनले सामाजिक सञ्जालमा लेखेका छन्।
‘धन्यवाद तथा आभार ११ दिनको अस्पताल बसाइपश्चात् घर फर्किएर आराम गरिरहेको छु‚’ उनले लेखेका छन्‚ ‘कोभिड- १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु।’
गत कात्तिक ११ गते कोरोना पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। तर स्वास्थ्यमा समस्या आएपछि कात्तिक १९ गते बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।