काठमाडौं - देशभर हाल ४ सय १८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ४ सय ७७ संक्रमितमध्ये ४ सय १८ जना अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल ३ सय ५४ जना आइसियु र ६४ जना भेन्टिलेटरमा छन्। आइसियुमा भर्ना हुनेको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छन्। त्यहाँ मात्र १ सय २० जना आइसियुमा छन् भने ६१ जना भेन्टिलेटरमा छन्।
यस्तै प्रदेश १ मा ४५ जना आइसियु र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा १६ जना आइसियु र १ भेन्टिलेटरमा, गण्डकीमा ९४ जना आइसियुमा र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा ६४ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा छन् भने कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा छन्। कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ४ सय ७४ जना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा थिए।