काठमाडौं- नेपालका १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्। देशभर २५ हजार ८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच सय बढी सक्रिय रहेको जिल्लाको सूचीमा कैलाली र पाल्पा पनि सूचीकृत भएको छ।
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौंमा मात्र १३ हजार ३ सय २१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
ललितपुरमा २ हजार ७९, मोरङमा १ हजार २ सय ६३, सुनसरीमा ९ सय २३, चितवनमा ६ सय ११, रुपन्देहीमा १ हजार १४, कास्कीमा १ हजार ४ सय ७७, भक्तपुरमा १ हजार १ सय ३५ जना सक्रिय संक्रमित छन्।
यस्तै, झापामा ७ सय ९५, काभ्रेपलाञ्चोकमा ६ सय ५८, दाङमा ६ सय ११, पाल्पामा ५ सय ६१ र कैलालीमा ६ सय ३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।