काठमाडौं– बाहुनडगी– ४, झापाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामामा उपचारका क्रममा आइतबार बिहान १ बजे उनको मृत्यु भएको अस्पताले जानकारी दिएको छ।
उनी मंसिर २ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको मंसिर १ गते कोरोना पोजेटिभ आएको थियो।