काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ५ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख १८ हजार ६ सय ३९ जना कोरोना संक्रमितमध्ये ५ हजार ५ सय ८८ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये २ हजार २ सय ८३ जना बालिका रहेका छन् भने ३ हजार ३ सय ५ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ८ सय २९ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश १ मा ५४०, प्रदेश २ मा ४४३, गण्डकी प्रदेशमा २५३, लुम्बिनी प्रदेशमा ५७६, कर्णाली प्रदेशमा २१०, सुदूरपश्चिम प्रदेशमा ७३७ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, पाँचथर र मनाङ गरी ५ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा १ जना बालिका २ जना बालक
ओखलढुंगामा एक जना बालिका
खोटाङमा २ जना बालिका १ जना बालक
भोजपुरमा १ जना बालिका
धनकुटामा २ बालक
इलाममा ६ बालिका १ बालक
झापामा १५ बालिका र ३० बालक
मोरङमा १३३ बालिका र १८३ बालक
सुनसरीमा ७५ बालिका र ८३ बालक
उदयपुरमा ३ बालिका १ बालक
सप्तरीमा १९ बालिका र ४७ बालक।
सिराहमा ४ बालिका र १७ बालक।
धनुषामा १८ बालिका र ४९ बालक।
महोत्तरीमा ९ बालिका ३२ बालक।
सर्लाहीमा २६ बालिका र ३३ बालक।
रौतहटमा २९ बालिका र ४४ बालक।
बारामा १९ बालिका र २४ बालक।
पर्सामा ३२ बालिका र ४१ बालक
दोलखा १० बालिका र ७ बालक
सिन्धुपाल्चोकमा ६ बालिका र ४ बालक
रसुवामा १ बालिका
धादिङमा ९ बालिका १२ बालक
नुवाकोटमा १० बालिका र १५ बालक
काठमाडौंमा ७९३ बालिका र ११२६ बालक
भक्तपुरमा ९२ बालिका र १४९ बालक।
ललितपुरमा १२८ बालिका र १९० बालक।
काभ्रेपलान्चोकमा ३० बालिका र ३२ बालक
रामेछापमा ५ बालक
सिन्धुलीमा ४ बालिका र ४ बालक
मकवानपुरमा २८ बालिका र ४३ बालक
चितवनमा ३४ बालिका र ९५ बालक
गोरखामा १८ बालिका र १७ बालक
मुस्ताङमा १ बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा ३७ बालिका ३८ बालक
लम्जुङमा ६ बालिका र १० बालक
तनहुँमा १२ बालिका र १३ बालक
नवलपरासी पूर्वमा २३ र बालिका ४२ बालक।
स्याङ्जामा ५ बालिका र १५ बालक
पर्वतमा १ बालिका ३ जना बालक
बाग्लुङमा १ बालिका र ८ जना बालक
रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १५ बालिका र १३ बालक
गुल्मीमा १४ बालिका र १२ बालक
अर्घाखाँचीमा ११ बालिका र १५ बालक
पाल्पामा १७ बालिका र १४ बालक
नवलपरासी पश्चिममा १२ बालिका र २० बालक
रुपन्देहीमा ८८ बालिका र १०९ बालक
कपिलवस्तुमा २३ बालिका र ३१ बालक
दाङमा ३० बालिका र २६ बालक
बाँकेमा ४२ बालिका र ४५ बालक
बर्दियामा १४ बालिका र २१ बालक
डोल्पामा २ बालक
मुगुमा २ बालक
हुम्लामा १ बालक
जुम्लामा ३ बालिका र ३ बालक
कालिकोटमा ३ बालिका र १२ बालक
दैलेखमा १२ बालिका र ४७ बालक
जाजरकोटमा ३ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका र १५ बालक
सुर्खेतमा ४३ बालिका र ५२ बालक
बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३३ बालिका र ५५ बालक
दाचुलामा ५ बालिका ४ बालक
बैतडीमा १० बालिका र १२ बालक।
डडेल्धुरामा ७ बालिका र १७ बालक
डोटीमा ६४ बालिका र ८७ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ८१ बालिका र १२४ बालक
कञ्चनपुरमा २७ बालिका र २८ बालक