काठमाडौं- नेपालमा ६० वर्षभन्दा बढी उमेरका २० हजार ८ सयभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ लाख २७ हजार ६ सय ४० जना संक्रमितमध्ये २० हजार ८ सय ८८ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा ८ हजार ३ सय १९ महिला र १२ हजार ५ सय ६९ पुरुष रहेका छन्।
६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका १२ हजार २ सय १३ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समुहका १ हजार १ सय ४ र ८० वर्षभन्दा माथिका २ हजार ५ सय ७१ जना वृद्धवृद्धा संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा १३ हजार ३ सय ३७ जना रहेका छन्। त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ८२, प्रदेश २ मा १ हजार १ सय ६४, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ६३, गण्डकी प्रदेशमा १ हजार २ सय २९, सुदूरपश्चिममा ४ सय १७ र कर्णाली प्रदेशमा १ सय ९६ जना वृद्धवृद्धा संक्रमित भएका छन्।
कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित?
प्रदेश १
६१–७० वर्ष : ६०९ महिला र १००१ पुरुष
७१–८० वर्ष : ३१९ महिला र ४९६ पुरुष
८० वर्ष माथिका : १३८ महिला २१९ पुरुष
प्रदेश २
६१–७० वर्ष : २३५ महिला र ५४६ पुरुष
७१–८० वर्ष : ९२ महिला र २२४ पुरुष।
८० वर्ष माथिका : १९ महिला र ४८ पुरुष
बागमती प्रदेश
६१–७० वर्ष : ३०५२ महिला र ४५७५ पुरुष
७१–८० वर्ष : १७१९ महिला र २२१२ पुरुष
८० वर्ष माथिका : ७८९ महिला र ९९० पुरुष
गण्डकी प्रदेश
६१–७० वर्ष : २६१ महिला र ४६९ पुरुष
७१–८० वर्ष : १३९ महिला र २०८ पुरुष
८० वर्ष माथिका : ५१ महिला र १०१ पुरुष
लुम्बिनी प्रदेश
६१–७० वर्ष : ४१० महिला र ६५१ पुरुष
७१–८० वर्ष : २०७ महिला र ३२८ पुरुष
८० वर्ष माथिका : ५२ महिला र ११५ पुरुष
कर्णाली प्रदेश
६१–७० वर्ष : ५३ महिला र ७९ पुरुष
७१–८० वर्ष : १९ महिला र २५ पुरुष
८० वर्ष माथिका : १३ महिला र ७ पुरुष
सुदूरपश्चिम प्रदेश
६१–७० वर्ष : ९० महिला र १८२ पुरुष
७१–८० वर्ष : ४२ महिला र ७४ पुरुष
८० वर्ष माथिका : १० महिला र १९ पुरुष