काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ छ।
ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १०४ जना निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।
आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।