काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत सदस्यतर्फ सदस्यमा मिस्रित परिणाम आएको छ। १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भएका छन्।
वस्तुगत सदस्यमा स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिएका केमसानका पुर्व अध्यक्ष भक्त बहादुर हमाल विजयी भएका छन्।
यी हुन् विजयी उम्मेदवार
नरेश लाल श्रेष्ठ ७२
सुमित कुमार केडिया ६६
आकाश अधिकारी ४९
प्रकाश सिंह कार्की ५७
भक्त बहादुर हमाल ६२
सुबोध कुमार गुप्ता ५०
हेमराज ढकाल ५५
अरनिको राजभण्डारी ६४
गोबिन्द ढुंगेल ५०
मनिष लाल प्रधान ६०
मीनमान श्रेष्ठ ६७
विष्णु प्रसाद गैरे ५१
सन्दिप कुमार अग्रवाल ५१
सुकुन्तलाल हिराचन ५५
वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षमा २० प्रतिशत मतभार रहन्छ। उपाध्यक्षको लागि भने छुट्मतगणना भइरहेको छ। उपाध्यक्षमा प्रधान प्यानलबाट अन्जन श्रेष्ठ र ढकाल प्यालबाट उमेशलाल श्रेष्ठ छन्। श्रेष्ठ औषधि उत्पादक संघका पूर्व अध्यक्ष हुन्।