काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ७ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख ३१ हजार ९ सय ७८ जना कोरोना संक्रमितमध्ये ५ हजार ७ सय ८४ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये २ हजार ३ सय ६२ जना बालिका रहेका छन् भने ३ हजार ४ सय २२ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा मात्र २ हजार ९ सय ६६ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश १ मा ५५८, प्रदेश २ मा ४४९, गण्डकी प्रदेशमा २६१, लुम्बिनी प्रदेशमा ५९२, कर्णाली प्रदेशमा २१०, सुदूरपश्चिम प्रदेशमा ७४३ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, पाँचथर र मनाङ गरी ५ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा १ जना बालिका र २ जना बालक
ओखलढुंगामा १ जना बालिका
खोटाङमा २ जना बालिका र १ जना बालक
भोजपुरमा १ जना बालिका
धनकुटामा १ बालिका र २ बालक
इलाममा ६ बालिका र १ बालक
झापामा १९ बालिका र ३४ बालक
मोरङमा १३५ बालिका र १८८ बालक
सुनसरीमा ७५ बालिका र ८५ बालक
उदयपुरमा ३ बालिका र १ बालक
सप्तरीमा २० बालिका र ४७ बालक
सिराहमा ५ बालिका र २१ बालक
धनुषामा १८ बालिका र ४९ बालक
महोत्तरीमा ९ बालिका र ३२ बालक
सर्लाहीमा २६ बालिका र ३३ बालक
रौतहटमा २९ बालिका र ४४ बालक
बारामा १९ बालिका र २४ बालक
पर्सामा ३२ बालिका र ४१ बालक
दोलखा १२ बालिका र ९ बालक
सिन्धुपाल्चोकमा ६ बालिका र ५ बालक
रसुवामा १ बालिका
धादिङमा ९ बालिका र १२ बालक
नुवाकोटमा १० बालिका र १५ बालक
काठमाडौंमा ८३७ बालिका र १७७५ बालक
भक्तपुरमा ९३ बालिका र १५३ बालक
ललितपुरमा १३९ बालिका र २०३ बालक
काभ्रेपलान्चोकमा ३१ बालिका र ३६ बालक
रामेछापमा ५ बालक
सिन्धुलीमा ४ बालिका र ४ बालक
मकवानपुरमा २८ बालिका र ४४ बालक
चितवनमा ३६ बालिका र ९९ बालक
गोरखामा १९ बालिका र १७ बालक
मुस्ताङमा २ बालक
म्याग्दीमा १ बालिका २ बालक
कास्कीमा ३८ बालिका र ४२ बालक
लमजुङमा ६ बालिका र ११ बालक
तनहुँमा १२ बालिका र १४ बालक
नवलपरासी पूर्वमा २५ र बालिका ४३ बालक
स्याङ्जामा ५ बालिका र १६ बालक
पर्वतमा १ बालिका ३ जना बालक
बाग्लुङमा १ बालिका र ८ जना बालक
रुकुमपूर्वमा १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १५ बालिका र १३ बालक
गुल्मीमा १५ बालिका र १३ बालक
अर्घाखाँचीमा १२ बालिका र १५ बालक
पाल्पामा १७ बालिका र १४ बालक
नवलपरासी पश्चिममा १२ बालिका र २० बालक
रुपन्देहीमा ८८ बालिका र ११५ बालक
कपिलवस्तुमा २३ बालिका र ३१ बालक
दाङमा ३३ बालिका र २८ बालक
बाँकेमा ४२ बालिका र ४५ बालक
बर्दियामा १४ बालिका र २३ बालक
डोल्पामा २ बालक
मुगुमा २ बालक
हुम्लामा १ बालक
जुम्लामा ३ बालिका र ३ बालक
कालिकोटमा ३ बालिका र १२ बालक
दैलेखमा १२ बालिका र ४७ बालक
जाजरकोटमा ३ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका र १५ बालक
सुर्खेतमा ४३ बालिका र ५२ बालक
बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३३ बालिका र ५७ बालक
दार्चुलामा ५ बालिका ५ बालक
बैतडीमा १० बालिका र १२ बालक
डडेल्धुरामा ७ बालिका र १७ बालक
डोटीमा ६४ बालिका र ८७ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ८१ बालिका र १२७ बालक
कञ्चनपुरमा २७ बालिका र २८ बालक