काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शय्याका ३८१ आधारभूत अस्पतालको सोमबार एकसाथ शिलन्यास हुने भएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षमा देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार जग्गा प्राप्त भइसकेको ३८१ अस्पतालको एक साथ शिलन्यास हुने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जग्गा प्राप्त नभएका अस्पतालको हकमा स्थानीय तहले जग्गा प्राप्तीका लागि यथाशीघ्र पहल गरी अस्पताल शिलन्यास गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको बताए।
उनले शिलन्यास गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि सबैलाई अनुरोध गरेका छन्।