काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार ३ सय ४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।
गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ४६ हजार ३ सय ३० पुगेको छ। हाल ६ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।