काठमाडौं - नेपालको ६ वटा जिल्लामा मात्र पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि सुनसरी, चितवन, रुपन्देही, दाङ लगायत जिल्लामा पनि पाँच बढी सक्रिय संक्रमित रहेका थिए।
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा रहेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र ६ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्। काठमाडौंपछि ललितपुरमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै छ। ललितपुरमा १ हजार ३ सय ६१ र भक्तपुरमा ६ सय ४ जना सक्रिय संक्रमित छन्।
झापामा ७ सय ४९, मोरङमा ५ सय ७ र कास्कीमा ८ सय ६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।