काठमाडौं- टेकु अस्पतालको नामका रुपमा परिचित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हालसम्म करिब ८०० सय कोरोना संक्रमितको उपचार गरेको छ। त्यसमध्ये २७ जना संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा जेठ २ देखि पिसिआर परीक्षण सुरु भएको हो। त्यसयता अस्पतालका निर्देशक डा सागर राजभण्डारी हरेक दिन ८०० सय नुमना परीक्षण भएको बताए। उनले भने,‘हामीले अहिलेसम्म करिब ५२ हजार जनाको कोरोना नमुना परीक्षण भइसकेको छ। त्यसमध्ये ८ हजार बढी पोजिटिभ केस आइटेन्टीफाइ भएको छ।’
टेकु अस्पतालमा लक्षण भएका संक्रमितको परीक्षण र उपचार निशुल्क हुने गरेको छ। भने, अन्य व्यक्तिहरुको परीक्षणका लागि २ हजार रुपैयाँ शुल्क लाग्छ। अस्पतालले एन्टीबडी र जेन्टीजेन परीक्षण पनि गर्छ।
अस्पतालले बिरामीको सहज उपचारका लागि १२० वेडलाई ६० वेडमा सिमित गरेको निर्देशक राजभण्डारीले बताए।
उनले भने,‘बिरामी बिचको दुरी कायम गर्न, बिचमा बिभिन्न मेसिनहरु राख्न सहज होस भनेर ६० बेडमा सिमित गरिएको हो। पछिल्लो समय हामीले सहज उपचारका लागि पाइपबाट अक्सिजन दिने व्यवस्था मिलाएका छौँ। त्यसका लागि एकै पटक ५० जना बिरामीलाई अक्सिजन दिन मिल्ने गरी अक्सिजन लिक्विड प्लान जडान गरेका छौँ।’