काठमाडौं- मुलुकभर ६ वटा जिल्लामा मात्र पाँच सय बढी कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यी ६ वटा जिल्लामा गरी १० हजार १ सय ९१ जना संक्रमित छन्। सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा रहेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र ६ हजार ३ सय ३७ जना सक्रिय संक्रमित छन्।
काठमाडौंपछि ललितपुरमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै छ। ललितपुरमा १ हजार २ सय ७६ र भक्तपुरमा ५ सय ८५ जना सक्रिय संक्रमित छन्।
झापामा ७ सय ३०, मोरङमा ५ सय ५१ र कास्कीमा ७ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।