काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सरुवाको माग गर्दै निवेदन नदिन सूचना जारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीले सरुवाको माग गर्दै निवेदन दिने क्रम बढेको भन्दै सूचना जारी गरेको हो।
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवाका कर्मचारीको कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा गर्ने कानुनी अधिकारी मन्त्रालयलाई नभएको स्पष्ट पारेको छ।
अझै पनि स्वास्थ्य सेवाका कर्मचारीमध्ये केहीको समायोजन र गुनासो सम्बोधनका काम बाँकी रहेको मन्त्रालयको भनाइ छ। तर मन्त्रालयले सरुवासम्बन्धी कुनै कारबाही मन्त्रालयबाट नहुने समेत स्पष्ट पारेको छ।
