काठमाडौं– देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११३ जना आइसियु र ३० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् ।
यस अघि आइतबार ३ सय ६८, शनिबार ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
नेपालमा २ लाख ४१ हजार ९ सय ९५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये २ लाख २७ हजार ४ सय ३३ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ६ सय १४ जनाको मृत्यु भएको छ।