काठमाडौ- पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६३७ पुगेको छ।
देशभर १ हजार ३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।
२४ घण्टामा १ हजार ६२१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
आज देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।