काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६३ महिला र ३३१ पुरुष गरी ५९४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १३ हजार ४९८ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३ , ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। आज काठमाडौंमा १० र ललितपुमा १ जना गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ९१ हजार १८४ जना संक्रमित भएका छन्, जसमध्ये ४२५ जनाको मृत्यु भएको छ। हालसम्म ८५ हजार ८८३ जना निको भएका छन्। ललितपुरमा १४ हजार १७ जना संक्रमित भएका छन्। जसमा १२५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १२ हजार ९०० जना निको भएका छन्। भक्तपुरमा ८ हजार २९७ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७५१ जना निको भएका छन्।
आज काठमाडौमा ४ हजार ८७७, ललितपुरम ९९२ र भक्तपुरमा ४५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर १ हजार ३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। २४ घण्टामा १ हजार ६२१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
आज देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६३७ पुगेको छ।