काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको उपचारका क्रममा निधन भएको छ।
डा जोशीको मंगलबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
५१ वर्षीय डा जोशीलाई केही दिन अघि मात्र रक्त क्यान्सर भएको निदान भएको थियो।
डा जोशी मेडिसिटी अस्पतालमा मुटुरोग विभागको विभागीय प्रमुखको रुपमा कार्यरत थिए।
उनले केही दिन अघि मात्र मेडिसिटी अस्पतालको जागिर छाडेका थिए।
डा जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत पुस १ गतेदेखि स्टार अस्पतालबाट सेवा दिने जानकारी दिएका थिए।