काठमाडौं- देशभर हाल तीन वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या घट्दै गएको छ। यसअघि भक्तपुर, झापा, मोरङ, सुनसरी पनि यसको सूचीमा थियो।
काठमाडौंमा ४ हजार ७ सय ८१, ललितपुरमा ९ सय ४० र कास्कीमा ६ सय ७४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, मनाङ र डोल्पामा हाल संक्रमित संक्रमितहरुको संख्या शून्य छ।