काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोडमा उत्रिएका ९ जना विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ।
६८ वर्षीया एक महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडमा उत्रिएका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ९ जना विरुद्ध नै अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुससन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले स्वास्थ्यखबरलाई जानकारी दिए।
श्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।