काठमाडौं- सर्वोच्च अदालतमा विचाराधिन चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को परीक्षाको मुद्दाको पेसी आज पनि सरेको छ । सर्वोच्च अदालतमा केही दिनदेखि हेर्दा हेर्दै रहेको मुद्दामा वहश नसकिएकाले हेर्दा हेर्दै बुधबारलाई सारिएको हो।
न्यायाधीशद्धय विश्वभरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशले उनीहरुको मुद्दा सुनुवाई गरिरहेको छ।
अदालतमा पिजी परीक्षाका विषयलाई लिएर आधा दर्जनजति मुद्दा परेको छ। यी सबै मुद्दालाई एकै ठाउँमा राखेर छलफल चलिरहेको छ।
चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।
न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका थिए। मंसिर २८ गते पहिलो पेशी तोकिएको थियो।
स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।