काठमाडौं - औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ लगायत अन्य पदार्थहरुको पैठारी गर्न चाहने व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको छ।
विभागले मंगलबार एक सूचना जारी गरी औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल्स, औषधि विश्लेषण गर्न प्रयोग हुने लगायत पदार्थको पैठारी गर्न चाहने व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको हो।
पैठारी गर्न चाहने व्यक्तिले औषधि दर्ता (तेस्रो संशोधन) नियमावली, २०७७ मा उल्लेख भए अनुसार कागजातहरु पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।