काठमाडौं- सरकारले औषधि दर्ता नियमावली संशोधन गरेको छ। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
सरकारले समय अनुसार २०३८ सालको नियमावलीमा तेस्रो संशोधन गरेको हो।
संशोधित नियमावलीमा औषधि पैठारी गराउन चाहनेले कम्पनीको नाम सूचीकरण गराउने नियम, कच्चा पदार्थ पैठारी गर्न सिफारिस लिनु पर्ने लगायतका नियमहरु छन्।
सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार नै मंगलबार औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल्स, औषधि विश्लेषण गर्न प्रयोग हुने लगायत पदार्थको पैठारी गर्न चाहने व्यक्तिलाई दरखास्त दिन सूचना जारी गरेको छ।
यस्तो छ संशोधित नियमावली