काठमाडौं - देशभर हाल ३ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८९ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ८२ आइसियु र १३ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ६ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।