काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका तीन महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका तीन जना महाशाखा प्रमुख र दशौँ तहका एक जना र नवौं तहका एक कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीका अनुसार व्यवस्थापन महाशाखाको जिम्मेवारी डा भीमसिंह तिंकरीलाई दिइएको छ। उनको स्थापनमा डा तारानाथ पोखरेललाई दिइएको छ। उनले सम्हालेको उपचारात्मक महाशाखामा व्यवस्थापन महाशाखाका डा रमेश खरेललाई ल्याइएको छ।
मन्त्रालयले व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख १० औं तहका चुडामणि भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा र मन्त्रालयका नवौँ तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य सेवा विभागमा पठाइएको प्रशासन प्रमुख रेग्मीले बताए।