काठमाडौं- चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षा यही पुस १८ गतेदेिख सुरु हुने भएको छ।
सर्वोच्च अदालतले बुधबार मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा आयोगले आज परीक्षाको नयाँ मिति सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको परीक्षा मिति अनुसार पुस १८, १९ र २० गते परीक्षा हुने छ।
आयोगले कोरोना संक्रमितका लागि छुट्टै व्यवस्था समेत गरेको छ। संक्रमितले पिसिआर रिपोर्टसहित अग्रिम जानकारी गराउनु पर्ने आयोगले जनाएको छ।
यसअघि चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।
स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।