काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण पुष्टि भएपछि संक्रमितलाई १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको छ। यसअघि कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको थियो।
स्वास्थय मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो समय कोरोना संक्रमित भएका व्यक्तिले ९ दिनपछि अरुलाई संक्रमण सार्न नसक्ने अध्ययनहरुले देखाएकाले उक्त निर्णय गरिएको बताए।
उनले भने,‘गम्भीर वा जटिल अवस्था भएका संक्रमित बाहेकका हकमा यो निर्णय गरिएको हो।’
पुस १ गते बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले नेपाल प्रवेश गरेको वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ।
मन्त्रालयले चिन्ह लक्षण देखिएमा बिरामीहरु आइसोलेसनमा (आइसोलसन सेन्टर, अस्पताल) मोडरेट अस्पताल, गम्भीर केस बाहेक १० दिन मात्र राख्न निर्देशन दिएको छ। मन्त्रालयले सोहि अनुसार हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(एचएमआइएस) सूचना अपडेट गर्न पोष्टिङ गर्न सूचित गरेको छ।
केही कोभिड अस्पताल, ओइसोलेसन सेन्टरहरुले सो अनुसार सूचना नराखेको भन्दै मन्त्रालयले पुनः ध्यानाकर्षण गराएको जनाएको छ।
मनत्रालयले एचएमआइएसको पोष्टिङ अनुसार मात्र सोत्रभर्ना हुने र कुनै अस्पतालले कोभिड-१९को बिरामी भर्ना गरी उपचार गरेको एचएमआइएस मा पोष्टिङ नगरेमा मन्त्रालय, प्रदेश र स्थानीय तहबाट हुने अस्पताल नविकरण÷सूचिकरण नहुने व्यवस्था समेत स्पष्ट पारेको छ।
सबै अस्पताललाई निशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन र लिइएको पाइएमा शोधभर्ना नगरिने पनि मन्त्रालयले अवगत गराएको छ।