काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३ लाख व्यक्तिकाे एन्टिजेन परीक्षण गर्ने तयारी गरेकाे छ।
समुदायस्तरमा काेराेना भाइरस संक्रमणकाे अवस्था पत्ता लगाउन देशका विभिन्न हटस्पटहरू पहिचान गरी कोरोना संक्रमणको अवस्था निर्क्यौल गर्न इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले पुस १२ गतेबाट ३ लाख व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको हो।
महाशाखाले त्यसका लागि सातै प्रदेशका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइरहेको जनाएकाे छ।
महाशाखाले यसअघि काठमाडौं उपत्यकामा संक्रमण बढी देखिएकाे आठ स्थानमा एन्टिजेन परीक्षण गरेकाे थियो।
समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन र छिटो संक्रमित पहिचान गर्न एन्टिजेन परिक्षण प्रभावकारी भएकोले देशभरका हटस्पटमा गर्न लागिएको महाशाखाका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट धन बहादुर पौडेलले बताए।
एन्टिजेन परिक्षणले भाइरस शरीरमा प्रबेश गर्ने बित्तिकै पत्ता लाग्ने हुँदा पिसिआर भन्दा प्रभावकारी मानिएको छ।
पिसिआरमा भाइरस शरीरमा प्रवेश गरेको ८ दिन पछी मात्र पोजेटिभ देखाउने हुन्छ।
एन्टिजेन परीक्षणले संक्रमित सुरुवाती चरण मै पत्ता लाग्ने हुँदा एक संक्रमितबाट धेरैलाई सर्ने सम्भावना कम इपिडिमियोलोजी तथा रोग नियन्त्रणकाे भनाइ छ।