काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अधिराज्य (युके)बाट नेपाल आएका २७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको कोरोना अपडेटमा बोल्दै युकेबाट आएका २७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
युकेमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको पाइएपछि स्वास्थ्य मन्त्रालयले पुस १ गतेपछि नेपाल आएकाहरुको खोजी गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले उनीहरुको पिसिआर परीक्षण गरी कोरोना पोजेटिभ भएकाहरुको फेरी जीन स्विक्वेन्सिङ गर्ने डा गौतमले जानकारी दिए। यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको डा गौतमले बताए।