काठमाडौं- विश्व स्वास्थ्य संगठनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगको लागि मान्यता दिएको छ।
संगठनले बिहीबार फाइजरको भ्याक्सिनलाई आपतकालीन प्रयोगको मान्यता दिएको जनाएको छ।
फाइजरको खोप विश्व स्वास्थ्य संगठनद्वारा कोभिड भ्याक्सिनका आपतकालीन प्रयोगको मान्यता पाउने पहिलो भ्याक्सिन बनेको छ।
विश्व स्वास्थ्य संगठनले भ्याक्सिन प्रयोग महामारीविरुद्ध लड्न महन्वपूर्ण हुने बताएको छ।
संगठनले भ्याक्सिनको प्रभावकारिता र सुरक्षाका बारेमा नियामक विशेषज्ञहरुले समीक्षा गरेको समेत जनाएको छ।
आकस्मिक प्रयोगको मान्यता पाएसँगै फाइजरको खोप प्रयोग गर्न चाहने देशहरुले आफ्नो देशको नियामक निकायमा दर्ता गरी भ्याक्सिन आयता गर्न सक्नेछन्।
फाइजरको भ्याक्सिन अहिले अमेरिका, बेलायत लगायतका देशमा आपतकालिन प्रयोग भइरहेकोछ।