काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पूर्व उपकुलपति डा सिपी मास्केको निधन भएको छ।
कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत डा मास्केको बिहान निधन भएको उनका छोरा डा सन्देश मास्केले पुष्टि गरेका छन्। उनका अनुसार डा मास्के मुटु तथा मिर्गौलाका रोगी समेत थिए।
डा मास्के नेपालका पायनियर युरो सर्जन समेत हुन्। नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येमा पर्छन् उनी।
तेह्रथुमको जलजला गाविसमा सन् १९९८ सालमा जन्मिएका डा मास्के शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक समेत भएका थिए।
नेपालमा मात्रै होइन, बंगलादेश र भुटानमा समेत पुगेर उनले सेवा दिएका छन्।