काठमाडौं– भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बुझेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे मन्त्री त्रिपाठीले भारत सरकारले अनुदानमा दिएको १० लाख खोप बुझेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण हुन्।
खोप नेपाल अवतरण भएसँगै खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखिएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा प्रदेश नम्बर २ मा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि लगाइने तयारी समेत भइसकेको छ।