काठमाडौं- कोभिड विरुद्वको खोप अभियानको भर्चुअल रुपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेको छन्।
उनले टिचिङमा रहेको खोप केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग पनि खोपका विषयमा जिज्ञासा राखेका छन्। उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेसँग पनि बिफ्रिङ लिएका छन्।
अस्पतालमा खोप अभियान र तयारीबारे जानकारी लिएपछि उनी खोप लगाइरहेको खोप केन्द्र पुगि त्यहाँ खोप कार्यकतासँग पनि कुराकानी गरेका थिए।
उनले ठटयाैली पारामा भने,‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन’ यति भन्दै उनी टिचिङ अस्पतालबाट बाहिएका थिए।
प्रधानमन्त्री ओली स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलगायतसँग टिचिङ पुगेका थिए।