कोभिड-१९ विरुद्धको भ्याक्सिनको प्रयोग संसारभरि भर्खरै सुरु भएको छ। साथै नेपालमा पनि केही दिन अघिबाट सुरु भएको छ।
यो भ्याक्सिन क्यान्सरका बिरामीलाई लगाउन मिल्छ कि मिल्दैन भन्ने द्विविधामा अहिले सम्पूर्ण बिरामीहरु छन्। यो कोभिड-१९ भ्याक्सिनले क्यान्सर रोगका बिरामी लगायत अरु साधारण बिरामीहरुलाई समेत हुने फाइदाका साथै दीर्घकालीन रुपमा हुनसक्ने बेफाइदाका बारेमा अहिले नै भन्न सकिहाल्ने स्थिति भने छैन।
तर, पनि ससारका संक्रमण रोग विशेषज्ञका साथै क्यान्सर रोग विशेषज्ञहरु बसेर क्यान्सर रोगका बिरामीले कस्तो अवस्थामा भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग नगर्ने भन्ने विषयमा (नेसनल कम्प्रिहेन्सिभ क्यान्सर नेटवर्क एनसिसिएनले प्रारम्भिक गाइडलाइन प्रकाशित गरेको छ। जसको नेपाली अनुवाद हाम्रो देशका क्यान्सर बिरामीको प्रयोगका लागि सजिलो हुनेछ भन्ने अपेक्षा गरेको छु।
१. क्यान्सरका बिरामीलाई कोभिड-१९ को भ्याक्सिन लिने महत्वपूर्ण समूहमा राख्नुपर्ने छ र भ्याक्सिन उपलब्ध भएको अवस्थामा यथाशीघ्र भ्याक्सिन दिने।
२. यस गाइलाइनका अनुसार कोभिड भ्याक्सिन एक्टिभ केमोथेरापी लिइरहेका बिरामीलाई पनि दिने। तर यति कुरा ध्यानमा राख्न जरुरी छ कि यसको फाइदा र बेफाइदाका बारेमा हामीसँग धेरै विस्तृत डाटा भने उपलब्ध छैन।
कस्तो अवस्थामा भ्याक्सिन लगाउने? कस्तो अवस्थामा नलगाउने?
- केमोथेरापी लिइराखेका बिरामीलाई भ्याक्सिन दिने,
- टार्गेटेड थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने,
- इम्युनो थेरापी लिइरहेका बिरामीलाई भ्याक्सिन दिने,
- मेजर सर्जरी गरेका बिरामीको हकमा भ्याक्सिन लगाएको दिन सर्जरी नगर्ने तर भ्याक्सिन लगाएको ३–४ दिनपछि मेजर सर्जरी गर्न मिल्छ,
- बोनम्यारो प्रत्यारोपण गरेका बिरामी तथा कल्चर थेरापी, अंग प्रत्यारोपण गरेकाहरुको हकमा बोनम्यारोको कल्चर गरेको तीन महिना कुर्ने र सम्बन्धित चिकित्सकसँग परामर्श लिएर ३ महिनापछि लगाउन सकिन्छ।
- इन्टेन्सिभ क्यान्सर किमो थेरापी लिइराखेका बिरामीको हकमा एप्सोलेट न्युट्रोफिल काउन्ट सामान्य भएपछि मात्र दिने।
- बोनम्यारो फेलियर अर्थात बोनम्यारोले काम गर्न नसकेर औषधि उपचार गरीरहेका बिरामीलाई पनि भ्याक्सिन दिन मिल्छ ।
- लामो समयले औषधि सेवन गरिरहेका तर स्वास्थ्य अवस्था सामान्य भइसकेका क्यान्सरका बिरामीहरु अर्थात क्रोनिक माइलोइड ल्युकेमियाका लाई पनि भ्याक्सिन दिन मिल्छ ।