काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेज्ञष डा शेरबहादुर पुनले खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य नै भएको बताएका छन्।
नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप 'कोभिसिल्ड'बारे भक्तपुर डाक्टर सोसाइटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विशेषज्ञ डा पुनले खोप लगाएपछि सामान्य समस्या देखिएपनि आत्तिनु नपर्ने बताएका हुन्।
‘खोप विभिन्न अनुसन्धानपछि मात्र प्रयोगमा आएकाले यसले मानव हितको पक्षमा काम गर्छ। यो खोप कोरोना महामारीविरुद्व एक ऐतिहासिक सफलता हो,’ उनले भने।
कार्यक्रममा नेपालका विभिन्न स्थान रही स्वास्थ्य सेवा गरेको भन्दै डा इन्द्रप्रसाद प्रजापति, डा अमिला श्रेष्ठ, डा ज्ञान कृष्ण कायस्थ, डा अमिरबाबु श्रेष्ठ, डा किरण शाक्यलाई सम्मान गरेको छ।