काठमाडौं– सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुरा भएकाे छ।
कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिन सम्ममा संख्या १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले जनाले खोप लगाएका छन्।
जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्।
त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका छन्।
पहिलो चरणमा सरकारले करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो।
खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।