क्यान्सर भनेको हाम्रो शरिरको कुनैपनि ठाउँमा हुने कोशिकाको अनियन्त्रित वृद्धि हो। क्यान्सर धेरै थरिका हुन्छन्‚ जस्तै आन्द्राको, छातीको, फोक्सोको, बोनम्यारो, गर्भाशयको क्यान्सर आदि। अहिलेको विश्वव्यापी नतिजा हेर्ने हो भने पनि क्यान्सरबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रहेको छ।
त्यसैगरी नेपालको केस हेर्ने हो भने पनि पुरूषहरूमा फोक्सोको क्यान्सर र महिलाहरुमा गर्भाशयको क्यन्सर दर आत्यधिक रहेको पाइन्छ। उमेरको हिसाबले हेर्ने हो भने नेपालमा ४५-४९ उमेर समूहका पुरुष र ३०-३४ वर्ष उमेर समूहका महिलामा क्यान्सर लाग्ने क्रम बढ्दो छ।
कसरी लाग्छ क्यान्सर?
क्यान्सर धेरै तरिकाबाट लाग्न सक्छ‚ जस्तै: रसायनिक वा विषादीहरूद्वारा संक्रमण वा एक्स्पोजर, आयोनाइजिन विकीरण, कुनै म्याथोजेन्स वा वंशाणुगत। यसका साथै क्यान्सर लाग्नुमा हाम्रो अव्यवस्थित जीवनशैली, गुणस्तरहीन खानपिन, मोटोपना, हर्मोन, शारीरिक व्यायमको कमी, धुम्रपान र मद्यपान पनि हुन्।
क्यान्सरमा खानाको भूमिका
सन्तुलित खाना नै हाम्रो निरोगी जीवनको एक प्रमुख कारक हो। त्यसैगरी गुणस्तरहीन खाना विभिन्न रोगको घर हो‚ जस्तै: क्यान्सर। जसमा कलेजो, फोक्सो र मुत्राशयको क्यान्सरको जड धुम्रपान सेवन हो भने आन्द्राको क्यान्सर रेसादार खानाको कमीले हुनेगर्छ। प्रशोधन गरिएका मासुजन्य पदार्थ, पोलेका, तारेका मासु आदिको आत्यधिक सेवनले पनि क्यान्सर हुन्छ।
त्यसैगरी सन्तुलन खाना र सम्पूर्ण पोषण समावेश भएको खानाले क्यान्सर लाग्नबाट बचाउँछ। यदि क्यान्सर लागिसकेको छ भने पनि त्यसलाई नियन्त्रण गर्न मद्दत गर्छ। मुख्यगरी काँचो वा नपकाएको तरकारी र फलफूल नै सम्पुर्ण रोगको निवारण हो। यस्ता काँचा तरकारी तथा फलफूलहरुमा एनएफकेबी (सक्रिय बी कोषहरूको आणविक कारक कप्पा-प्रकाश-चेन) नामक प्रोटिन हुन्छ‚ जसले डिएनए, साइटोकाइन र कोसिकाहरुको अनियन्त्रित विकासलाई नियनत्रणमा रख्ने काम गर्छ।
यसैगरी यस्ता एनएफकेबीमा भएका खानेकुराको सेवनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै क्यान्सरजस्तो भयावह रोग लाग्नबाट पनि बचाउँछ। त्यस्तै सामान्य देखिने गिर्खाहरूले पनि भविष्यमा क्यान्सरको रुप लिन सक्छ जसका लागि पनि हामीले खाने खानाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यस्ता गिर्खाहरूलाई नियन्त्रण गर्नका लागि पनि एन्टिअक्सिडेन्ट, फोलिक एसिड र फाइटोनुटिएन्टयुक्त खाना हाम्रो प्राथमिक रोजाइमा राख्नुपर्छ। विशेषगरी शाकाहारी (दूध र दुग्धजन्य परिकारहरू पनि नभएको) खानाले क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्न टेवा पुर्याउँछ। यस्ता शाकाहारी खानामा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ र यस्ले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैगरी यसले इस्ट्रोजेन लेवल, इन्सुलिन्, आइजीएफ-१ होर्मोनलाई घटाउने काम गर्छ। त्यसैले क्यान्सर रोकथाममा सन्तुलित आहारको महत्त्वपूर्ण भूमिका रहने गर्छ।
[पोषण विज्ञानमा विद्यावारिधी गरेकी अधिकारी हाल सात्विक न्यूट्रिफूडमा आबद्ध छिन्।]