काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाभन्दा बढी समय स्तनपान गराइरहेका आमालाई पनि कोभिड १९ विरुद्धको खोप दिन सकिने निर्णय गरेको छ। मन्त्रालयले राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा उक्त निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराइरहेका आमाहरुलाई उनीहरुले चाहेमा खोप दिन सकिने निर्णय गरेको हो।
‘स्तनपान गराएका महिला, गर्भवतीलाई लगाउन नमिल्ने त होइन तर हामीले प्रिकसन्स लिएका थियाँै। अहिले उहाँहरुले खोप लगाउन चाहेमा लगाउन सकिने निर्णय गरेका हौँ,’ मन्त्रालय स्रोतले भन्यो।
त्यसैगरि, मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय साीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, कारागारमामा बस्ने व्यक्ति र छुट भएका स्वास्थ्यकर्मीहरुलाई ३ दिनभित्रमा खोप लगाउने निर्णय समेत गरेको छ।
खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराउने निर्णय गरेको छ।