काठमाडौं- नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख ७१ हजार नाघेको छ। कोभिड-१९ विरुद्धको खोप अभियानको दशौँ दिनसम्ममा १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन्।
देशका ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन्।
पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्नेछ। दोस्रो चरणको खोप बारे छिट्टै नै जानकारी गराइने मन्त्रालयले जनाएको छ।