काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुबिसु केबल नेट प्रालिसँग भएको खरिद सम्झौताको दररेट बजार मूल्यभन्दा कयौँ गुणा बढी भएको निष्कर्ष निकालिएको छ।
प्रतिष्ठानको इन्टरनेट सेवाको सुधार सम्बन्धी कार्यदलले निकालेको प्रतिवेदनमा प्रचलित बजार मूल्य अनुसार समयसमयमा मूल्य पुनरावलोकन नगरेको पाइएको छ। सम्झौताका सर्तहरु पालना नगरेको, खुद्रा सेवामा सम्झौता अनुसार गुणस्तरीय सेवा प्रदान नगरेको प्रतिवेदनमा उल्लेख छ।
कानुन विपरीत विना प्रतिस्पर्धा प्रचलित बजार भाउभन्दा कयौं गुणा बढी दररेटमा खरिद÷बिक्री सम्झौता भएका कारण विगतमा करौडौंको आर्थिक नोक्सानी भएको प्रतिष्ठानले जनाएको छ।
सो सम्झौता कायमै रहे प्रतिष्ठानलाई प्रतिमहिना पाँच लाख रुपैयाँ आर्थिक नोक्सानी हुने नदेखिएको प्रतिवेदनमा उल्लेख छ। सोही कारण उचित कानुनी प्रक्रिया पु¥याई सेवा प्रदायकसँगको खरिद सम्झौता तुरुन्त लागू हुनेगरी भंग गर्नुपर्ने कार्यदलको ठहर छ।
प्रदायकसँग असुल–उपर गर्ने, खरिद ऐन २०६३ को दफा ६२ अनुसार कारबाही गर्नुपर्ने, सम्झौता भंग हुने प्रक्रियाको अवधिसम्म यो रिपोर्ट पेस भएकै मितिदेखि लागू हुनेगरी उक्त कम्पनीले बढीमा नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको दररेटमा सेवा उपलब्ध गराउनुपर्ने कार्यदलको सुझाव छ।
यस्तै, प्रतिष्ठानको अफिस÷अस्पताल÷कलेज हातामा रहेको इन्टरनेट नेटवर्कको स्तरोन्नति गरिनुपर्ने साथै नेटवर्क व्यवस्थापनको निम्ति कम्प्युटर शाखालाई सोही विषयको प्राविधिक विशेषज्ञ उपलब्ध गराउनुपर्ने, विद्यार्थी र आवासीय चिकित्सकहरुको हकमा प्रतिष्ठानले नै न्यूनतम शुल्कमा इन्टरनेट उपलब्ध गराउनुपर्ने लगायत कार्यदलको सुझाव छ।
इन्टरनेट सम्बन्धी विभिन्न गुनासाहरु आएपछि प्रतिष्ठानले डा विजय खनालको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो।